Sajhamanch Archive

१३ करोडमा आलियाले किनिन् अपार्टमेन्ट

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ ।

आलियाले अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी छिन् । उनले हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी छिन् । जुहुमा उनले किनेको अपार्टमेन्टको मुल्य १३ करोड बताइएको छ । २३ सय स्क्वायर फिटमा फैलिएको यो अपार्टमेन्ट खरिद गरेपछि आलियासँग ३ वटा अपार्टमेन्ट भएका छन् ।
आलियाले डबल रकम खर्च गरेर यो अपार्टमेन्ट किनेको चर्चा छ । अपार्टमेन्टको वास्तविक मुल्य ७ करोड हारहारीको भएपनि आलियाले १३ करोड लगानी गरेकी छिन् । आलियाले अभिनय गरेका चलचित्रहरुमा ‘गली ब्वाई, कलंक, ब्रम्हास्त्र, ताक्त, सडक २’ लगायतका छन्, जुन रिलिजका क्रममा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *