Sajhamanch Archive

कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुरमा आह्वान गरिएको आमहड्तालको दोस्रो दिन आज जनजीवन थप प्रभावित भएको छ ।

तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन भाडा प्रकरणविरुद्ध कञ्चनपुरका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले सुरु गरेको आमहड्तालले जनजीवन निकै प्रभावित भएको हो ।

आमहड्तालको दोस्रो दिन आज पनि महेन्द्रनगरका अधिकांश व्यवसाय ठप्प भएका छन् । बन्दका कारण व्यापार व्यवसाय, शैक्षिक संस्था, यातायात ठप्प छन् ।

बन्दको अवज्ञा गरेको भन्दै आज आन्दोलनकारीले जिल्ला प्राविधिक कार्यालयको बा २ ब २७८५ नम्बरको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।

महेन्द्रनगर नगर विकास समितिको जग्गामा भएको अतिक्रमण हटाउन माग गर्दै राजनीतिक दलका भ्रातृ संगठनहरुले अनिश्चितकालीन कञ्चनपुर बन्द आह्वान गरेका हुन् ।

अतिक्रमित क्षेत्रमा बनेका सबै संरचना भत्काएर दोषिमाथी कारवाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी प्रदर्शनकारीहरुले दिएका छन् ।

यसैबीच भीमदत्त नगरपालिका र संघीय आयोजना कार्यान्वयन ईकाइले अतिक्रमित जग्गामा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ ।

स्थानीय प्रशासन र संघीय आयोजनाले कडा सुरक्षाबीच अवैध संरचना भत्काउन सुरु गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *