Sajhamanch Archive

अनैतिक क्रियाकलापमा संलग्न १० जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न १० जनालाई सप्तरीमा पक्राउ गरेको छ । राजविराज नगरपालिका ७ मा रहेको राजदेवी लज र दिपसाजन लजमा अनैतिक क्रियाकलाप भैरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

गोप्य सूचनाको आाधारमा ७ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए। पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार पक्राउ परेका महिलाका श्रीमानहरु वैदेशिक रोजगारीमा रहेकाले यस्ता अनैतिक कार्यमा संलग्न रहेको पाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *