Sajhamanch Archive

जापानलाई हराउँदै कतारले जित्यो एसियन कप फुटबलको उपाधि

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

जापानलाई ३–१ गोलअन्तरले हराउँदै कतारले पहिलो पटक एसियन कप फुटबलको उपाधि जितेको छ ।

आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा भएको खेलमा चार पटकको च्याम्पियन जापान पराजित भएको हो । खेलको १२ औं मिनेटमा अलमोज अलीले गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा अब्दुल्लाहजइज हइमले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछाडि परेको जापानले ६९ औ मिनेटमा एक गोल फर्कायो ।

उसका लागि ताकुमी मिनामिनोले गोल गरे । तर ८३ औ मिनेटमा कतारका अक्रम अफिफले पेनाल्टीमार्फत् गोल गरेर एसियन कपको उपाधि जित्न टोलीलाई सफल बनाए ।

सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारले राष्ट्रिय टिमलाइ बलियो बनाउन ठूलो लगानी गरेको छ । यो उपाधिले कतारलाई झन हौसला थपिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *