Sajhamanch Archive

डोटीमा जीप दुर्घटना एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

अत्तरिया–स्याउले जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत पर्ने डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडामा शुक्रबार राति १२ बजे लु १ च २५०८ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख रुपसिंह थापाले दिएको जानकारीअनुसार जीप दुघटनामा परि भारतको बरेली घर भएका अन्दाजी अमेर ४०र४१ का बब्लुको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परि डोटीको केआई सिंह गाउँपालिका–५, रानागाउँ बस्ने वर्ष १९ का शंकर राणा र जीप चालक सुवास प्रजापति घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइएको प्रहरीले जनाएको छ ।

मृतकको शव जीप भित्र नै च्यापिएकाले प्रहरी तथा स्थानस्यको सहयोगमा निकाल्ने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय बुडर डोटीका प्रमुख थापाले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *