Sajhamanch Archive

सिमसार दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

सिमसार र जलवायु परिर्वतन केन्द्रित रहेर आज विश्व सिमसार दिवस मनाइँदैछ ।

सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् ।

सिमसार दिवसका अवसरमा पोखरामा विशेष कार्यक्रम गर्न लागिएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ ।

सिमसार जमिन र पानसहितको दलदल क्षेत्र हो । यस्ता सिमसार क्षेत्रमा दुर्लभ चराहरुको वासस्थान रहने गरेको छ ।

सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि सन्तुलनमा राख्ने गर्छ । कैलालीको घोडाघोडी ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, कपिलवस्तुको जगदीशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल, माईपोखरी अनि पोखराका नौ वटै तालहरु सिमसार क्षेत्र हुन् ।

तर, दिवस मनाइरहँदा नेपालका सिमसार संरक्षणमा चुनौती बढ्दै गएको छ । जलवायु परिवर्तन र नदी दोहन, तालतलैयामा माछा मार्ने झालको निश्चित मापदण्ड कार्यान्वयन नहुँदा संरक्षणमा चुनौती बढेको विज्ञले बताएका छन् ।

यस्तै खोला, नदीमा ढल मिसाउने प्रवृत्तिका कारण पनि जोखिम बढेको छ । मानवीय क्रियाकलापकै कारण सिमसार क्षेत्र खुम्चिँदै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *