Sajhamanch Archive

प्रहरी र तस्करबीच झडप, ५० किलो गाँजासहित तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिमा सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गएराति गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो ।

प्रहरीमाथि दुई राउन्ड गोली चलाएपछि आफूहरुले पनि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० किलो गाँजासमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालवहादुर राय रहेका छन् । तस्करीमा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सर्लाहीको हरिवनबाट ५० किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–११ बासाटोलबाट ज। १ ज ३४४ नम्बरको म्याजिक भ्यानमा गाँजा लिएर जाँदै गरेका घुर्कौलीका २९ वर्षीय राशलाल महतोलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *