Sajhamanch Archive

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज by .

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले एलपी ग्यासको मूल्य भने समायोजन गरेको छैन ।

इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिन्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ ।

मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा एक अर्ब १६ करोड रुपैयाँ नाफा हुनेछ ।

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर निगमलाई नयाँ मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमले १५र१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लोपटक इन्धनको मूल्यवृद्धि गरेको थिएन ।

विगतमा करिब डेढ महिनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्यमा आएको गिरावटले पेट्रोलियम खरिद मूल्यमा कमी आउँदा विगतको महिनामा भएका नोक्सानी केही हदसम्म पूर्ति भएको निगमका प्रवक्ता गोइतले जानकारी दिए ।

यद्यपि, यही माघ २ गते प्राप्त मूल्यअनुसारसमेत निगमको एक अर्ब ६ करोड रुपैयाँ सञ्चित नोक्सानी अझै पूर्ति हुन बाँकी रहेको उनले जानकारी दिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *