Sajhamanch Archive

भारतमा रेल दुर्घट्ना हुँदा ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

भारत बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

सिमाञ्चल एक्स्प्रेसको रेल जोगवनी र दिल्लीको बीचमा पर्ने हाजीपुर रेलखण्डमा दुर्घटना भएको हो । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो ।

आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा सयौं उद्धारकर्मी खटिएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *