Sajhamanch Archive

मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,

Published: in राष्ट्रिय समाचार, समाज by .

मकवानपुरको वागमती गाउँपालिका–४ पाँच पाण्डवमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् । झुरझुरेबाट सिन्धुलीतर्फ सिमेन्ट र रड लोड गरेर जाँदै गरेको ना। ६ त ४४२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको हो ।

मृत्यु हुनेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका–३ का ५५ वर्षीय हेमकुमार श्रेष्ठ र सोही ठाउँका ५५ वर्षीय बखतबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *