Sajhamanch Archive

भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ ।

बम बिस्फोटका कारण जीर्ण बनेको भवन एक्कासी भत्किएको हो ।

सिरियाको एलेप्पो शहरको सल्लाहदिन क्षेत्रमा रहेका अधिकांश भवन जीर्ण बनेकाले भत्कने गरेको र कतिपय भत्कने अवस्थामा छन् ।

सिरियामा जारी द्वन्द्वको मारमा परेका हजारौं नागरिक जीर्ण भवनमा बस्न बाध्य छन् ।

सन् २०१७ मा मात्रै ३५ हजार भवन जीर्ण बनेको संयुक्त राष्ट्रको तथ्यांकमा उल्लेख छ ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *