Sajhamanch Archive

नेपाल र यूएईबीच खेल सुरु हुनु अघि वर्षा, खेल ढिला सुरु हुने संकेत

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

यूएई र नेपालबीचको तेस्रो तथा निर्णायक टीट्वेन्टी क्रिकेट सुरु हुनुअघि अहिले वर्षा भईरहेको छ। नेपाली समयअनुसार पौने ३ बजे सुरु हुने भनिएको खेल वर्षाका कारण केही ढिला सुरु हुने स‌ंकेत देखिएको छ। खेलको टस पनि हुन सकेको छैन।

शृंखला १-१ को बराबरीमा रहेकाले यो खेल जित्ने टोली शृंखलाको विजेता बन्ने छ।

शृंखलाअन्तर्गत पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो। यूएई भ्रमणमा रहेको नेपालले तीन खेलको एकदिवशीय शृंखला २-१ ले जितेको थियो।

पहिलोपटक एकदिवशीय शृंखला जितेको नेपाल टीट्वेन्टीमा पनि पहिलोपटक शृंखला विजेता बन्‍ने प्रयासमा छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *