Sajhamanch Archive

चिया निर्यातबाट ३९ प्रतिशत राजस्व संकलन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

मेचीनगर । पूर्वीनाकाबाट मुल्यका आधारमा निर्यात हुने प्रमुख १० वटा वस्तुमध्ये चिया निर्यातले ३९ दशमलव ६० प्रतिशत राजस्व धानेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७५÷२०७६ को वितेको पहिलो ६ महिनामा चिया निर्यातबाट २ अर्ब ५ करोड ७ लाख ३८ हजार २ सय ५७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाली चियाको माग भारतमा प्रशस्त रहेको नेपाली चिया उद्योगीहरु बताउँछन् । बिशेषगरि ईलाम र झापा जिल्लाका बगानमा उत्पादित चिया भारततर्फ निकासी हुने गरेको छ । नेपाली सिटीसी र अर्थीडक्स चिया भारतमा धेरै निकासी हुने गरेको भए पनि पाकिस्तान, जर्मन रसियालगायत तेश्रोमुलुक समेत पुग्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भंसार अधिकृत टेकबहादुर अर्यालको भनाई छ ।

झापा जिल्लामा नौ हजार ८८ हेक्टर जमीनमा चिया लगाईएको छ । समयअनुकुल भए प्रति हेक्टरमा न्युनतम १६ हजार किलो चिया उत्पादन हुने चिया किसानहरु बताउँछन् । मजदुर आन्दोलनलगायतका कारण पटक–पटक चिया प्रशोधन केन्द्र र बगान बन्द हुँदा व्यवासयीले ठूलो समस्या व्यहोर्नुपरेको थियो ।

यसैगरी नवौं स्थानमा रहेको धानको भुसबाट १ करोड ५२ लाख ५७ हजार ९ सय २९ रुपैयाँ वा शुन्य दशमलव २९ प्रतिशत राजस्व संकलन भएको छ । यसैगरी, नेपाल आयातहुने प्रमुख वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो नम्बरमा छ । सो अवधिमा पेट्रोलियम पदार्थ आयातबाट १ अर्ब २७ करोड २६ लाख २१ हजार ८ सय ६० रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सारका अनुसार यो नाका हुँदै ४ अर्ब ८६ करोड ३६ लाख २५ हजार ८ सय २१ रुपैयाँका मालवस्तु आयात भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *