Sajhamanch Archive

करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्दै

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by .

बिहे गरेको करिब ४ बर्षपछि नायक आर्यन सिग्देल बाबु बन्ने भएका छन् । आर्यनले प्रेमिका सपना भण्डारीसँग वि।सं २०७१ साल वैशाख ६ गते बिहे गरेका थिए । वुझिएअनुसार, आर्यन पत्नी सपनाले फागूणको अन्तिममा सन्तानलाई जन्म दिदैछिन् । नायक आर्यन सिग्देल अहिले चलचित्रको छायांकनका लागि सिक्किममा छन् । चलचित्र ‘हजार जुनी सम्म’को छायांकन सकेपछि आर्यन पत्नी सपनालाई पुरा समय दिने तयारीमा छन् ।

आर्यन र सपनाले करिब ४ बर्ष डेट गरेका थिए । यसपछि, उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । बिहे अघि सपना आर्यनकी फ्यान थिइन् । फ्यानपछि प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब सन्तानलाई जन्म दिने तयारी गरेकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *