Sajhamanch Archive

विद्रोहीसँग सरकारी सेनाको भडप, २० सैनिकसहित ४२ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

अफगानिस्तान। अफगानिस्तानमा तालिवान विद्रोहीसँग सरकारी सेनाको भीडन्त हुँदा २० सुरक्षाकर्मीसहित ४२ जनाको मृत्यु भएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

उत्तरी कुन्दुज र छिमेकी बागलान प्रान्तमा मङ्गलबार विभिन्न सुरक्षा चौकीमा एकैसाथ आक्रमण थालेपछि भएका प्रतिरोधका क्रममा २२ जना लडाकूका सार्थ २० जना सुरक्षाकर्मीको मृत्यु भएको छ, एक जना स्थानीय अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए ।

घाइते बनेका केही लडाकूलाई विद्रोहीले लिएर भागेका पनि उनले बताए ।

यसैबीच उत्तरी क्षेत्रका लागि राष्ट्रिय सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले सुरक्षाकर्मीतर्फ भएको क्षतिबारे जानकारी नगराईकन २२ जना तालिवान लडाकूको मृत्यु भएको र १८ जना घाइते भएका बताए । रेजाइले विद्रोही अहिले भीडन्त भएका स्थानहरूबाट भागिसकेका बताए।

घटनामा दर्जनौँ सुरक्षाकर्मीको मृत्यु भएको र करिब ३० जना घाइते भएका एक स्थानीयले बताए ।

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मजाहिदले सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा विद्रोही लडाकूले सरकारी सुरक्षाफौजमाथि गरेको कारबाहीमा शुरूमा १० जना प्रहरीको मृत्यु भएको र केही सुरक्षा चौकीहरूलाई लिने क्रममा थप केही सुरक्षाकर्मीको मृत्यु भएको बताए । सिन्ह्वा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *