Sajhamanch Archive

संघमै दरबन्दी कायम गर्न कर्मचारीको चलखेल बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं–‘संघमै दरबन्दी कायम गर्न कर्मचारीहरूले चलखेल गर्न थालेपछि कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ।

मुख्य सचिव, सचिवको संघमै समायोजन गर्ने कार्यमा तीव्रता लिए पनि पछिल्लोपटक सहसचिव, उपसचिव र शाखा अधिकृतको समायोजनले अपेक्षाकृत तीव्रता लिन नसकेको पाइएको हो।

संघमै दरबन्दी कायम राख्ने कर्मचारीले सामान्य प्रशासन मन्त्री र मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई दबाब दिएपछि समायोजन सकस बन्दै गएको छ। तथापि प्रदेश र स्थानीय तहमै बढी दरबन्दी छ।

सहसचिवको प्रस्ताव मन्त्रिपरिषद्मा छलफल हुँदै गर्दा उपसचिवको समायोजनले पूर्वघोषितअनुरूप नहुँदा समायोजन प्रक्रिया सुस्ताएको थियो। प्रशासन सेवाको मात्रै प्रक्रिया शुरू गर्दा प्रदेश र स्थानीय तहमा जानेको संख्या अत्यन्तै न्यून देखिने मन्त्रालयले जनाएको छ।

७ वटा प्रदेशमा दुई र दुई जनाका दरले १४ जना राजस्वका उपसचिव समायोजनमा जाने भएपछि उनीहरूलाई संघमै राख्न आएको दबाबसँगै नतिजा निकाल्न ढिलाइ भएको मन्त्रालयका अधिकारीहरू बताउँछन्। नेपाल समाचारपत्र बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *