Sajhamanch Archive

आईएसले कब्जा गरेको सिरिया र इराकका भूभाग फिर्ताको घोषणा छिट्टै: ट्रम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएस) ले कब्जा गरेको भूमि फिर्ताको घोषणा छिट्टै हुने दाबी गरेका छन् ।

ट्रम्पले सिरियाका जिहादीहरु परास्त भएको दाबी गर्दै अमेरिकी सेना त्यहाँबाट फिर्ता गर्ने घोषणा गरेका थिए । जसको अमेरिकामा विरोध भएको थियो ।

तर, आफ्नो घोषणामा टसको मस नभएका ट्रम्पले आईएसले कब्जामा लिएको थोरै भूभाग मात्र नियन्त्रणमा आउन बाँकी रहेको बताएका छन् । ती भूभाग पनि छिट्टै अमेरिकी गठबन्धन सेनाको नियन्त्रणमा आउने दाबी ट्रम्पको छ ।

बीबीसीका अनुसार, वासिंटनमा आयोजित अमेरिकी नेतृत्वको गठबन्धन सदस्यहरुको बैठकमा ट्रम्पले अर्को सातासम्म आईएस पराजित भएको घोषणा गर्न सकिने बताएका छन् ।

‘सम्भवतः अर्को सातासम्म स्लामिक स्टेटको प्रभुत्व रहेको क्षेत्रको शतप्रतिशत भूभाग नियन्त्रणमा आएको घोषणा हुनेछ’, गठनबन्धन बैठकमा ट्रम्पले राखेको भनाइ उद्धृत गर्दै बीबीसले लेखेको छ ।

आईएसको पकडमा रहेको क्षेत्रलाई नियन्त्रणमा लिन अमेरिकी नेतृत्वको सेना सन् २०१४ देखि त्यहाँ लडिरहेको छ । बीबीसीका अनुसार, आईएसले सिरियाको रक्कासँगै इराकको मोसुलमा रहेको प्रभाव गुमाइसकेको छ । यद्यपि, उत्तर–पूर्वी सिरियामा अझै पनि लडाइँ भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *