Sajhamanch Archive

प्रगति वनका अतिक्रमित संरचना हटाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड।  प्रगति सामुदायिक वनभित्र रहेका सवै संरचना हटाइने भएको छ ।
प्रगति सामुदायिक वनभित्र रहेको सवै आयोजनामा विभिन्न सरोकारवाला समितिसँग छलफलबाट यस्तो गरिएको हो ।
छलफल डिभिजन वन कार्यालयका प्रमुख बिष्णुलाल घिमिरे, मेचिनगर नगरपालिका प्रमुख बिमल आचार्या, उपप्रमुख मीना उप्रेती, इलाका प्रहरी कार्यालय धुलबारी प्रमुख टीका कार्की, मेचीनगर —१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, पशुर्राम राजवंशी लगायतले राय सुझाव राखेका थिए ।
प्रगति सामुदायिक वन हाताभित्र अतिक्रमण गरेर बनाइएका टहरा, फुटपाथ पसल, सब्जी पसल, मासु पसल, सुगुर पालन लगायतलाई हटाउने निर्णय भएको प्रगति सामुदायिक वनका अध्यक्ष विकास निरौलाले बताए ।
वन हाताभित्र रहेका संरचना सात दिनेभित्र हटाई दिन समितिले अफिल पनि गरेको छ ।
टहरा पसलहरुलाई हटाउने नभई यस्ता किसिमका पसललाई व्यवस्थापन गर्न लागिएको अध्यक्ष निरौलाले बताए ।
मेचिनगर नगरपालिकाको समन्वयमा सम्पूर्ण फुटपाथ पसललाई मेचीनगर —१६ मा रहेको आइतवारे हाटबजारमा लान लागिएको वडाध्यक्ष सिग्देलले जनकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *