Sajhamanch Archive

ब्राजिलमा बाँध भत्किएर ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १८२ बेपत्ता

Published: in राष्ट्रिय समाचार, by .

ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शव फेला परेपछि ज्यान गुमाउने व्यक्तिको संख्या १५७ पुगेको बताइएको छ।

अझै पनि उक्त दुर्घटनामा परी १८२ व्यक्ति वेपत्ता रहेका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ। शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो। बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो संख्या १५७ पुगेको र १८२ बेपक्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन्।

यस घटनामा फसेका करिब १९२ व्यक्तिलाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताए। बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसंख्या प्रभावित भएका छन्। बाँध भत्किएको यस इलाकामा करिब चार सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ। उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताए। यहाँको एक ठूलो बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । त्यस बाढीले केहीलाई बगाएको र कतिपय डुबेर पुरिएका थिए। यस बाँधका कारण निकै ठूलो संख्याका नागरिक प्रभावित भएका अधिकारीले जनाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *