Sajhamanch Archive

भालुका कारण आपतकाल घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by .

मस्को । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ ।

स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ ।

उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । शनिबारदेखि सो क्षेत्रमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

भालुका कारण भएको मानवीय क्षतिको विवरण भने खुलाइएको छैन ।

जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भएको विज्ञहरु बताउँछन् । रुसमा यस्ता भालुलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरिएको छ । त्यसैले ध्रुवीय भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

संघीय पर्यावरण एजेन्सीले समेत यी भालुलाई मार्न अनुमति दिन अस्वीकार गर्दै आएको छ । स्थानीय प्रशासनले भालुलाई डराउने, भगाउने प्रयास गरिरहेको भए पनि प्रभावकारी परिणाम निस्कन नसकेको बताइन्छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *