भ्यालेन्टाइन डेः प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर
Published:
by .काठमाडौंँ । ‘विल यु वि माई भ्यालेन्टाइन’ आज १४ फेब्रुअरीका दिन सबैले आफ्ना प्रेमी तथा प्रेमिकालाई यही वाक्यबाट सम्बोधन गर्ने गर्छन् । प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् ।
‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिंदैन, तर एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूलले त्यो भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त हुन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् ।
लोकन्थलिस्थित समृद्ध कलेजका स्नातक पहिलो वर्षमा अध्ययनरत रुसिना हेका मन पराएको व्यक्तिलाई ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै भएको धारणा व्यक्त गर्छिन् र सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा एक दशकयता ह्वात्तै बढाएको छ ।
नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ । गोरखापत्र दैनिकबाट ।
Comments