Sajhamanch Archive

इरानमा आत्मघाती हमला, २७ गार्डको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

इरानमा  भएको आत्मघाती बम हमलामा कम्तिमा २७ जना रिभोलुस्नरी गार्डको मृत्यु भएको छ। सिस्तान–बलुचिस्तान प्रान्तको खाश–जहेदान सडकमा रिभोलुस्नरी गार्डलाई बोकेको बसमा आतंकाकारीले आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ।

आक्रमणमा २० गार्ड धाइते भएका छन्।  हमलाको सुन्नी–मुस्लिम समुह जैश अल–अदहलले हमलाको जिम्मेवारी लिएको छ।  सुन्नीहरुको अधिकारको पक्षमा लड्ने भन्दै यो समुहले सन् २०१२ देखि सशस्त्र संघर्ष गर्दै आएको छ।  जैश अल–अद्ल समुहले शियातन्त्रले सुन्निहरुको साथ भेदभाव गर्दै आएको आरोप लगाएको छ । इरानको सरकारले भने यो घटनालाई पोल्यान्डको वार्सामा अमेरिकाको नेतृत्वमा मध्यपूर्वमा चलिरहेको सम्मेलनसँग जोडेको छ। यो सम्मेलनमा इरानको गतिविधिमा पनि छलफल हुने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *