Sajhamanch Archive

गोपाल गौरीद्वारा सञ्चालित सीपमुलक तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान

Published: (Updated: ) in विविधा, समाज by .

शिवसताक्षी । झापाको शिवसताक्षी ११  स्थित झिलझिलेमा सीप मूलक सिलाई कटाई तथा ढाका कपडा बुनाई  तालिमका  सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतिष्ठानले तीन महिना अघि सिलाई कटाई तथा ढाका कपडा बुन्ने तालिम लिएका ३० जनालाई प्रमाण पत्र प्रदान गरिएको हो ।

प्रतिष्ठानले विपन्न तथा एकल महिलाहरुलाई सीपमुलक सिलाई कटाई तथा ढाका कपडा बुनाई तालिम दिई आत्म निर्भर आत्म निर्भर बनाउने लक्ष्यका साथ संस्थाले काम गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा गौतमले बताईन् । तालिम गएको मंसिर महिनादेखी सुरु भई आज एक कार्यक्रमका बिच समापन गरेको हो ।

समापन समारोहमा उपस्थित सिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्र कुमार शेर्माले सिपमुलक तालिमहरुमा नगरपालिकाले साथ सहयोग गर्ने प्रतिवद्धाता व्यक्त गरे । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उप प्रमुख भोजकुमारी नेपाल, वार्ड नम्बर ११ का वडा अध्यक्ष भैरव कुमार श्रेष्ठ, गोपाल गौरी दिगो विकास झापा शाखाका अध्यक्ष भद्रकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *