Sajhamanch Archive

ट्रम्पले अमेरिकामा लगाए संकटकाल

Published: in राष्ट्रिय समाचार, by .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।

संकटकाल घोषणापत्र ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताए। आफूले निर्माण गर्ने पर्खालले काम गर्ने दाबी पनि उनले गरे। संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै आठ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने ट्रम्पले बताए। राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षाको संकट समाधान गर्ने दाबी गर्नुभएको छ।

मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरूको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने उनको दाबी छ। तर डेमोक्र्याट्सका नेताहरूले भने यसलाई ‘शक्तिको दुरुपयोग’ भनी आपत्ति जनाएका छन्। ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आँकलन गरिएको छ। डेमोक्र्याट्स पार्टीका उच्च नेताहरूले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन्। संकटकाल घोषणासँगै अब ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *