Sajhamanch Archive

तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको उपाधि चारआली–धाइजन भेट्रानले हात पार्यो

Published: in खेलकुद by .

बिर्तामोड । लक्ष्मीपुर भेट्रान फुटबल टिमको आयोजना तथा कनकाई नगरपालिका वडा नं.–८ को सह आयोजनामा झापाको कनकाई–८ लक्ष्मीपुरमा भएको तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको उपाधि चारआली–धाइजन भेट्रान फुटबल क्लवले हात पारेको छ ।

दमक–लखनपुर भेट्रान फुटबल क्लब र चारआली–धाइजन भेट्रान फुटबल क्लवबीच भएको फाइनल प्रतियोगितामा ०–१ गोल गर्दै चारआली–धाइजन भेट्रान फुटबल क्लव विजयी भएको हो । चारआली–धाइजनका सुरज श्रेष्ठले खेलको ३४औँ मिनेटमा एक गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्दा चारआली–धाइजनले उपाधि हात पारेको हो ।

खेलको म्यान अफ दि म्याच पनि चारआली–धाइजनकै सुरज श्रेष्ठ बनेका थिए । उपाधिसँगै चारआली–धाइजनले नगद ५१ हजार, शिल्ड, ट्रफी, मेडल प्राप्त गर्यो । त्यस्तै उपविजेता दमक–लखरपुरले नगद ३१ हजारसहित ट्रफी र मेडल प्राप्त गर्यो ।

प्रतियोगिताको म्यान अफ द सिरिज चारआली–धाइजनका निर्मल तामाङ बने भने हाइस्कोरर चारआली–धाइजनकै गणेशकुमार सम्वाहाम्फे बने । त्यस्तै बेष्ट किपर दमक–लखनपुरका आश्रम खाँ बने भने बेष्ट टिम लक्ष्मीपुर भेट्रान फुटबल टिम बन्यो ।

प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको टिम म्यानेजर दिपेन लिम्बूले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *