मेचीनगरमा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फूटबल प्रतियोगिता सुरु
Published:
by .काँकरभिट्टा । पाहुना टोली तरुण संघ हंसकूवा भारतले झापाको मेचीनगरमा आइतबारबाट शुरु अन्तराष्ट्रिय आमन्त्रण नकआउट फूटबल प्रतियोगिता २०७५ को विजय यात्रा शुरु गरेको छ ।
काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा पारिजात महिला फुटबल क्लब झापालाई टाइब्रकेरमा ४÷२ गोलको अन्तरले पारजित गदैं तरुण संघले सेमिफाइनलको यात्रा तय गरेको छ ।
निर्धारीत समयसम्म दुवै टिमले १÷१ गोलको बराबरी खेलेपछि निर्णयका लागि खेल टाइब्रकेरमा धकेलिएको थियो । भारतकातर्फबाट पहिलो गोल खेलको वुमन अफ दि म्याच घोषित करिष्मा नागोसीले गरेकी थिईन भने त्यसको केही समयमा झापाका लागि मलिका मगरले गोल गदैं खेललाई बराबरीमा पुर्याएकि थिईन । खेलको वुमन अफ द म्याच घोषित करिष्मा नागोसीले नगद २ हजार रुपैयाँ प्राप्त गरिन् ।
सोमबारको खेल सतासीधाम स्र्पाेटिङ क्लब शिवसतासी र कन्काई स्र्पाेटिङ एकाडेमीबीच हुने नेपाल लोकतान्त्रिक खेलकुद संघ मेचीनगरका अध्यक्ष कर्णबहादुर थापा राजाले बताए । प्रतियोगितामा विदेशीसहित ६ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित शिल्ड तथा प्रमाण पत्र हात पार्ने छन् ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यले गरेका थिए । उद्घाटन कार्यक्रममा नगरउपप्रमुख मिना पोखरेल उप्रेती, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, आयोजक समितिका सचिव भरत गुरुङलगायतले बोलेका थिए ।
Comments