Sajhamanch Archive

दस रुपैयाँमै साडी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

हैदराबाद। भारतको हैदराबादस्थित एक सपिङ मलले भारतीय दस रुपैयाँमा साडी बिक्री शुरु गरेपछि भागदौड भएको छ । अधिकारीका अनुसार सिद्दिपेटको सीएमआर सपिङ मलले साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको अत्याधिक भीड लागेको थियो ।

किनबेचका क्रममा भएको भाडदौडमा दर्जनौं मानिसहरु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार एक महिलाले भागदौडका क्रममा ५ तोलाको सुनको सिक्री, ६ हजार नगद र डेबिड कार्ड हराएको भन्दै निवेदन दिएकी छन् ।

प्रहरीले घटनाबारे छानबिन शुरु गरिसकेको छ । ठूलो संख्यामा महिला र किशोरीहरु साडी खरिद गर्न भेला भएका थिए ।, कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *