Sajhamanch Archive

यसकारण फुल्छन् खुट्टाका नशा, यसरी गर्न सकिन्छ उपचार

Published: in रोचक कुरा / टिप्स by .

-डा. रोविनमान कर्माचार्य
हामीले कसै–कसैको खुट्टाको नशाहरू फुलेका देखेका छौं होला । त्यस्तामा मान्छेहरूमा नशाहरु असामान्य रुपमा फुलेर खट्टा देखाउनै असहज हुने स्थिति आउँदछ । नशा फुल्नु भनेको नशा सुन्निनु हो ।

नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो । खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ । खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ ।

यस्तो समस्याको समाधान गर्न अहिले सजिलो विधिबाट उपचार गरिन्छ । खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियोफ्रिक्वेन्सी एबलेसन’ भनिन्छ ।

सन् २०१३ अगस्टबाट धुलिखेल अस्पतालमा यस सेवा सुरु गरेपछि हालसम्म चार सयभन्दा बढी बिरामीले रेडियोफ्रिक्वेन्सी एबलेसन गराइसकेका छन् । विभिन्न चरणमा गरिएका अध्यनन अनुसार रेडियोफ्रिक्वेन्सी एबलेसन गराएका बिरामीमा फेरि नशा सुन्निने समस्या दोहोरिएको पाइएको छैन ।

रेडियोफ्रिक्वेन्सी एबलेसनका फाइदा

शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ,

– शल्यक्रियामा कम रक्तस्राव हुन्छ,

– दुखाइ कम हुन्छ,

– आफ्नो काममा छिटो फर्कन सकिन्छ,

– छालामा सानो घाउरदाग मात्र रहन्छ। आदि।

भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले के–के गर्ने ?

–शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने,

–खुट्टामुनि १ –२ वटा सिरानी राखी खुट्टा उचाल्ने,

– खुट्टाको हलुका कसरत गर्ने,

–कम्तिमा दुई हप्तासम्म भारी सामान नउचाल्ने,

–सिँढी तलमाथि धेरै नगर्ने

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *