Sajhamanch Archive

डार्क चकलेट खाँदा स्वास्थ्यलाई हुने फाइदाहरूबारे जान्नुहोस्

Published: in रोचक कुरा / टिप्स by .

प्रायः मानिसहरूलाई चकलेट मन पर्छ । त्यस्ता कमै मानिस होलान् जसलाई चकलेट मन नपरोस् । तर, केही मानिसलाई भने चकलेट मन परेतापनि स्वास्थ्यमा आएका विभिन्न समस्याका कारण चकलेट खान पाउँदैनन् । कोही चकलेट धेरै खाँदा हाम्रो दाँतमा समस्या आउने गर्छ ।

चकलेट पनि विभिन्न प्रकारका हुने गर्छन् । अन्य चकलेटले हाम्रो स्वास्थ्यमा असर पुर्याउने गर्छन् तर डार्क चकलेटले हाम्रो स्वास्थ्यलाई निकै लाभ पुर्याउने गर्छ । चकलेटले पनि फाइदा पुर्याउँछ भनेको सुन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ ।

विभिन्न अध्ययनले डार्क चकलेटले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरु समाधान गर्न मद्धत गर्ने देखाएको छ । राम्रो गुणस्तर भएको डार्क चकलेटमा प्रसस्त मात्रामा एन्टीअक्शीडेन्ट पाईन्छ । यसमा पाइने एन्टीअक्शीडेन्ट अन्यमा पाइने भन्दा निकै प्रभावकारी भएको पाइएको छ ।

यसमा विभिन्न खालका बायो (एक्टिभ तत्वहरु पाइन्छ जसले हाम्रो रगत प्रवाहमा मद्धत गर्छ । डार्क चकलेटले कम रक्तचापलाई पनि नियन्त्रणमा राख्छ । चक्लेत्मा प्रसस्त मात्रामा फाइबर पाइन्छ । यसमा फ्याटी एसिड पनि पाइन्छ ।

डार्क चकलेटमा पाइने फाइबर, आइरन, म्याग्नेशियम, कपर र म्याग्नीजले तुरन्त शक्ति प्रदान गर्ने काम गर्छ । चकलेट खाँदा रगत प्रवाह राम्रो हुन्छ । यसले गर्दा मुटुसम्बन्धि रोगहरु लाग्ने सम्भावना निकै कम हुन्छ ।

एक अध्ययनका अनुसार पाँच दिन सम्म लगातार डार्क चकलेट खानाले मस्तिष्कको क्रियाकलापलाई बलियो बनाइ राख्छ । यसमा पाइने कैफीन र थियोब्रोमीनले मस्तिष्क क्रियाकलापलाई शक्ति प्रदान गर्ने काम पनि गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *