प्रदेशको नाम नदि वा हिमालको नामबाट राखिनु पर्नेः उपकुलपति गुरुङ्ग
Published: (Updated: )
by .कमल । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङ्गले एक नम्बर प्रदेशको नाम कोशी राख्नुपर्ने बताएका छन् ।
झापाको कमल गाउँपालिकाले प्रजातन्त्र दिवस २०७५ को अवसर पारेर वडा नम्वर ३ सानो केर्खा स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमा आयोजना गरेको वृहत वाल्मिकी साहित्य सभामा उपकुलपति गुरुङ्गले एक नम्वर प्रदेशको नाम कोशी र सात वटै प्रदेशको नाम नदि र हिमालको नामबाट पर्ने बताए ।
त्यस्तै २ नं. प्रदेशको नाम मिथिला, ३ को बागमती, ४ कोे गण्डकी, ५ कोे लुम्विनी, ६ को कर्णाली र ७ सेती हुने पर्ने उनको भनाई थियो ।
त्यसैगरी नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको भवन मर्मत गर्न २० करोड दिएको तर भवन निर्माणले मात्र सबै पुरा नहुने भएकोले अव मेघा रिसर्च प्रोजेक्टका लागी ५ करोड राज्यसँग माग गरेको समेत उपकुलपति गुरुङ्गले जानकारी दिए । उनले राज्यले नदिए जनताबाट रकम उठाएर भएपनि काम पुरा गरेरै छोड्ने बताए ।
साथै सोही कार्यक्रमको अवसरमा भानुभक्त कुभिन्डेलीका दुईवटा कृति जागिर भित्रका व्यथा कविता संग्रह र संस्मरणका क्षण प्रमुख अतिथी गुरुङ्गले विमोचन गरेका थिए । त्यसैगरी कार्यक्रमका प्राध्यापक डाक्टर देवी नेपालले वाल्मिकीको जिवनीका बारेमा जानकारी गराउँदै चुरे पहाडको तपोभुमीमा बसेको समयमा वाल्मिकीले रामयण लेखेको बताउँदै यस क्षेत्रलाई वाल्मिकी आश्रमको रुपमा विकास गर्नु पर्ने बताए ।
कार्यक्रममा प्राध्यापक डाक्टर टंक न्यौपाने, भिम खतिवडा, दमक नगरपालिकाका मेयर रोमनाथ ओली, शिवसाती नगरपालिका प्रमुख चन्द्र कुमार सेर्मा, प्रगतिसिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, मोरङ्गका अध्यक्ष अमृत आचार्य तथा साहित्यकार कोमल प्रसाद पोख्रेल, गण्डकी पुत्र, सुभद्रा अर्यालले मन्तव्य राखेका थिए । कार्यक्रममा झापा, मोरङ्ग, सुनसरी र ईलामका तीन दर्जन भन्दा बढी साहित्यकारले आ–आफ्नो गजल, कविता वाचन गरेको प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रका सचिव मधुसुधन अधिकारीले जानकारी दिए ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेनु सिवाकोटीले स्वागत मन्तव्य राखेका थिए भने प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमाका अध्यक्ष चक्र गुरुङ्गले वाल्मिकीको पृष्ठभूमिका र गतिविधीहरुमा जानकारी गराएको थिए ।
Comments