यस्ता छन् तितो स्वाद भएको नीमको मिठा फाइदाहरू
Published:
by .नीमको स्वाद तितो हुन्छ । तर, सबैलाई थाहा छ कि, नीम तितो भएतापनि नीमको फाइदा भने मिठा हुन्छन् भन्ने । तपाईंलाई थाहै होला, नीमको पत्ता, दाना, नीमको तेल र नीमको बोटको बोक्रा या भन्नु पर्दा नीमको पूरै बोटलेनै हाम्रो स्वास्थमा निकै फाइदाजनक छ ।
फाइदा हुन्छ भन्ने सबैलाई थाहै होला । तर, के–केमा फाइदा हुन्छ त ? यो भने आज हामी तपाईंलाई जानकारी दिनेछौं । नीम पत्ताको रस पिउनाले खून सफा हुन्छ । नुहाउने समय नीमको पत्ता पानीमा हालेर नुहायो भने त्वचामा भएको एलेर्जी गायब हुन्छ ।
यसैगरी नीमको पत्तालाई पानीमा उमालेर, पिसेर मलहम बनाई त्यसमा मह मिलाएर कपालमा लगायो भने कपाल मुलायम र चम्किलो हुनेछ । यस्तै नीमको तेल गिजा सुन्निएको र दाँतमा किरा लागेको निको पार्छ ।
यदि तपाईंको कपालमा चाया, जुम्रा, रुशी आदि भए नीमको तेल नियमित रुपमा प्रयोग गर्नाले यसबाट छुट्कारा पाउन सकिन्छ । नीमको बीउको तेल त्वचालाई नरम र चमकदार बनाउँछ । यो त्वचाको दाग धब्बालाई हटाउँछ । नीमको बीउको तेल सोरेसिस, एक्जिमा, आदिको लागि लाभदायक छ । शरीरमा कहीँ जलेको ठाउँमा नीमको तेल लगाउँदा घाउ निको हुन्छ ।
नीमको बीउ र पत्ताबाट बनेको चिया किड्नी, मूत्राशय र प्रोस्टेटसंग जोडिएको रोगको लागि असरदार उपचार हो । नीमको पत्ता महिनामा १० पल्टसम्म सेवन गरेमा हृदयघातको खतरा कम हुन्छ । ठेउलाको दाग हटाउनको लागि नीमको रसलाई प्रभावित ठाउँमा हरेक दिन्न लगाउनु पर्छ ।
गिजाबाट खुन आएमा या पायरिया भएमा नीमको बोक्रा या पत्तालाई पानीमा हालेर कुल्ला गरेमा निको हुनेछ । बिहानै उठेर नीमको जूस पिउनाले मधुमेह नियन्त्रणमा रहन्छ । नीमको बोक्रा र मेथीको चुरण मिलाएर बनाएको जुस पिउनाले मधुमेह भएका मानिलाई निकै फाइदा गर्दछ ।
नीमको रस पिउनाले त्वचा भित्रको गन्ध भगाउँदछ । नीमको रस युक्त आइ ड्रप आँखामा लागाउनाले आँखालाई फाइदा पुर्याउँछ । नीमको फूललाई माडेर तातो पानीमा हाली त्यसलाई छानी पिउनाले कब्जियत हटाउने छ ।
यसैगरी नीमको बीउलाई पिसेर रातभर पानीमा भिजाएर राख्ने अनि बिहान खेतिबालीमा छार्किनाले बालीमा लाग्ने किराहरुको नास हुनेछ ।
Comments