मेचीनगर १३ ‘फ्री वाईफाई जोन’ घोषणा
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नगरका विभिन्न ठाउँलाई निःशुल्क वाईफाई क्षेत्र घोषणा गरिने भएको छ ।
मानिसको अत्याधिक भीडभाड हुने ठाउँ, बसपार्क लगायतका क्षेत्रमा हरेक नगरबासीलाई प्रविधिको पहुँचसम्म पुर्याउने उद्देश्यका साथ सो अभियान शुरु गर्न लागिएको हो ।
अभियान शुक्रबार वडा नम्बर १३ बाट शुरु गरिएको छ । नगरप्रमुख विमल आचार्यले अभियानको उद्घाटन गरेका थिए । उच्च गतिको वाइफाई ३ एमबीको हुने र २४ घण्टामा ९० मिनेटमात्र प्रयोग गर्न सक्ने व्यवस्था छ ।
एक साताभित्रमा नगरका विभिन्न १० वटा क्षेत्रलाई निःशुल्क वाईफाई क्षेत्र घोषणा गरिने योजना रहेको नगरप्रमुख आचार्यले जनाएका छन् ।
Comments