Sajhamanch Archive

नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

भेनेजुएला । भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।

ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । सरकारले बन्द गरेको नाकाबाट सामान ल्याउन खोज्नेहरुमाथि सुरक्षाकर्मीले कारबाही गरेका हुन् ।

राष्ट्रपति निकोलस मदुरोले अमेरिकालगायतका देशले दिएको मानवीय सहायता भित्रिन नदिन ब्राजिलसँगको सीमानाका बन्द गर्ने घोषणा गरेका थिए ।

राष्ट्रपतिले नाका बन्द गरेपछि आक्रोसित भएकाहरुले नाका खोल्ने प्रयास गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोले अमेरिकालगायतका युरोपेली मुलुकसँग मानवीय सहायताको अपील गरेका थिए । सोहीबमोजिम अमेरिकाले मानवीय सहायता सीमावर्ती क्षेत्रसम्म पुर्‍याएको छ । तर ती सामग्री भेनेजुएला प्रवेश गर्न दिइएको छैन । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *