Sajhamanch Archive

नासाले बनायो पानीभित्र चलाउन मिल्ने ड्रोन, खोल्छ समुद्रका रहस्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र वूड्स होल ओसनोग्राफिक इन्स्टिट्युसनले पानीभित्र खोजी गर्ने ड्रोन बनाएका छन् । त्यसको पहिलो परीक्षण सफल भएको छ ।

समुद्रको गहिराइमा लुकेको रहस्योद्घाटन गर्न यसको प्रयोग गरिन्छ । ड्रोन पुगेको गहिराइसम्म कोही पनि पुग्न सकेको छैन ।

वैज्ञानिकहरूका अनुसार, ड्रोन समुद्रमुनि ६ देखि ११ हजार मिटर गहिराइसम्म पुग्छ । त्यसलाई हेडल जोन भनिन्छ । महासागरहरूको ४५ प्रतिशत भाग यही जोनमा पर्छ । त्यहाँ रहेका अनेकौं कुरा अहिले पनि रहस्यकै रूपमा रहेका छन् ।

अनुसन्धान ड्रोनको डिजाइनमा १२ लाख डलर खर्च गरिएको छ । यसको नाम ग्रीसेली देवता ओर्फीयसको नाममा राखिएको छ । ओर्फीयसले समुद्रको भित्री संसारमा पुगेर राजा हेडीसलाई ल्याएको ग्रीसेली मिथक पाइन्छ । ड्रोन

ओर्फीयसले समुद्रको तल पुगेर अहिलेसम्म नदेखिएको फोटो लिएर आउँछ ।

ओर्फीयस बनाउने नासाका रोबोट इन्जिनीयर जोन लीश्टीले ड्रोनलाई निकै दुर्गम ठाउँमा पठाउन लागिएको बताए । तर त्यहाँ जीव वा वनस्पति के छ भन्ने कुरा कसैलाई थाहा छैन ।

गहिरो समुद्रमा खोजका लागि रोबोटिक साधनलाई पठाउन सहज छैन । सन् २०१४ मा वूड्स होल ओसनोग्राफिक इन्स्टिट्युसनले रिमोटबाट चल्ने एक मशिन समुद्रभित्र पठाएको थियो तर त्यो १० किलोमिटर भित्र पुगेपछि ६ हप्तामा नै बिग्रिएको थियो ।

ओर्फीयसको परीक्षण गरिसकिएको छ । त्यो समुद्रभित्र १७६ मिटरसम्म पुगेको थियो । प्रस्ट छ, यो अहिल्यै हेडल जोन जानका लागि तयार छैन ।

लीश्टीका अनुसार, एक जटिल मिसनमा जानका लागि ड्रोनमाथि निकै काम गर्न बाँकी छ । ओर्फीयसमा राखिएको क्यामराले नेभिगेसन र तस्वीर दुवै खिच्न सहायता गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *