Sajhamanch Archive

राजवंशीले जितिन् मिस झापा कलेज डिभा २०१९ को उपाधि

Published: (Updated: ) in टिप्स/जानकारी by .

बिर्तामोड । हिमाअस मिस झापा कलेज डिभा २०१९ को उपाधि झापा बिर्तामोडकी सोनिका राजबंशीले जितेकी छिन् ।

नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ ? भन्ने निर्णायको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवी उच्च माविमा आर्ट्स संकाय कक्षा १२ मा अध्ययनर्त राजबंशी ११ जना फाइनालिष्टलाई पछि पार्दै उपाधि जितेकी हुन् । विजेता राजबंशीले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पारिन् । ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाण्डौ वा बिर्तामोडको गोमेन्द्र कलेजमा निशुल्क स्नातक तह अध्ययन् गर्ने अवसर पनि उनले पाएकी छिन् ।

त्यसैगरी हिमाअस मिस झापा कलेज डिभा २०१९ को फस्ट रनर अप देवी उच्च मावि बिर्तामोडमै विज्ञान संकाय कक्षा १२ मा अध्ययनर्त भद्रपूर ३ की कामना नेपालले नगद् २० हजार रुपैयाँ, सेकेन्ड रनर अप कोहेड कलेज बिर्तामोडमा मेनेजमेन्ट संकाय कक्षा १२ मा अध्ययनर्त हल्दिबारी १ कि रोसिका सापकोटाले नगद १५ हजार रुपैँया सहित सोही कलेजमा निशुल्क पढ्ने अवसर पाएकी छिन् ।

ग्लोबल इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा कलेजमा अध्ययनर्त गर्ने छात्राहरुको व्याक्तिगत विकास र समाजमा थप जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रबन्धक निर्देशक कमल न्यौपानेले बताए । ।

प्रतियोगितामा झापाका विभिन्न कलेजका ४० बढि छात्राहरुको सहभागिता रहेको इभेन्ट मेनेजर तारानिधि पौड्यालले जानकारी दिए । बिर्तामोड स्थित सी टि प्यालेसमा आयोजित कार्यक्रममा शिक्षाविद् केशव मैनाली, बिबिसीका झापा प्रतिनिधि उमाकान्त खनाल, डाक्टर प्रविन भट्टराई, अभिवक्ता पर्शुराम बानियाँ, युवा व्यावसायि सुदर्शन खतिवडा लगायत निर्णायकको भूमिकामा रहेका थिए । हिमाअसले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रमको सञ्चालन ट्रेनर प्रहिल कार्कीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *