सडकमा पहिरो खस्दा एकजनाको ज्यान गयो
Published:
by .दार्चुला । दुहुँ गाउँपालिका ३ राताकाठामा बन्दै गरेको दार्चुला–तिङकर सडकमा पहिरो खस्दा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । पहिरो खस्दा बाख्रा चराउन लेकतिर लैजाँदै गरेका नौगाड गाउँपालिका ४ सिप्टीका ३९ वर्षका रघुवीरसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते नौगाड ४ का ३१ वर्षका मानसिंह ठगुन्ना र वडा नम्बर ३ का उधारो ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । सडक बनाउने क्रममा विस्फोटक पदार्थ पड्काइएको केही घण्टापछि पहिरो गएको हो । पहिरोमा केही बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।
Comments