Sajhamanch Archive

भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by .

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् ।

भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामाथि संघर्ष विरामको उल्लंघनको आरोप लगाइरहेका छन् ।

मंगलबार बेलुकी कोटली सेक्टरमा भारतीय सुरक्षाबलको गोलीबारीमा चारको मृत्यु भएको खबर छ । मृत्यु हुनेमा तीन महिला र एक बच्चा समावेश भएको बताइन्छ । गोलीबारीमा थुप्रै घाइते पनि भएका छन् ।

कोटली जिल्लामा गोलीबारीको असर सबैभन्दा धेरै भएको छ । रातो पाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *