Sajhamanch Archive

आगो किनेर दाहसंस्कार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

सर्लाही। ‘आगो’नि बिक्री हुन्छ रु सुन्दा सलाइ वा लाइटर किन्नुपर्ने अनुमान गर्न सकिन्छ । तर मधेसमा आगो नै बिक्री हुन्छ ।
यो यहाँको वर्षौंदेखि चलिआएको चलन हो । आगोको मूल्य अमूल्य हुन्छ । अमूल्य मूल्यका लागि दुई पक्षबीच सहमतिमा टुंगिन्छ । तराई–मधेसमा मानिसको मृत्युपछि शवदाहका लागि घाटमा लिएर जाँदा डोम समुदायबाट आगो खरिद गर्नुपर्ने चलन अझै चलिआएको छ ।

मृत्युसँगै शव दाहका लागि लग्ने ठाउँमा जानुभन्दा पहिला स्थानीय डोमलाई खबर गर्नुपर्छ । मृत्युको खबर पाउनासाथ डोम आगो लिएर घाटमा पुग्छन् । डोमको आगोबाट शव दाह गर्ने परम्परा रहेकाले डोमले लिएर आएको आगोको मूल्य दुई पक्षबीचमा तय हुन्छ । शव जलाउने आगो खरिद गर्न नगद, गाईबस्तु अथवा जग्गा जमिन पनि बुझाउनुपर्छ । यो दुवैको आन्तरिक सहमतिमा आगोको खरिद–बिक्री हुन्छ ।

दुई दिनअघि पनि स्थानीय झिम नदीमा यस्तै दृश्य देखियो । शव जलाउन चाहिने आगोको मोलमोलाइ चलिरहेको थियो । चन्द्रनगर गाउँपालिका–१ का प्रकाश मल्लीले शव जलाउने आगोको मूल्यबापत केही जमिन माग गरे । तर त्यसमा सहमति हुन सकेन त्यसलगत्तै मल्लीले गाईबस्तुको माग गरे ।

त्यसमा पनि सहमति हुन सकेन, अन्त्यमा आगोको मूल्य ५ हजार माग गरे । शव जलाउन मलामी आएकाले पनि मल्लीलाई आगोको मूल्य घटाउन आग्रह गरिरहे । सबैजनाको आग्रहपछि मल्ली केही लचिलो भए र अन्त्यमा एक हजार नगदमा सहमति टुंगियो । हजार रुपैयाँ पाएपछि मल्लीले आगो दिए त्यसपछि मात्र शवमा उनका आफन्तले आगो लगाउन पाए ।, कान्तिपुर दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *