Sajhamanch Archive

पति अरबमा रहेका बेला काण्ड देखाउने पत्नीले पाइन् यस्तो सजाय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

राजविराज । दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीले बालिकाको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला सुनाएको हो ।
आरोपितलाई जन्मकैदको सजाय तोक्नुका साथै जनही ६ महिनाको कैद सजाय पनि थप गरिएको जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंङ्गानाले जानकारी दिए ।

ढुङ्गानाका अनुसार बालिकाको हत्या गरेको आरोपमा जन्मकैद र हत्यापछि शव दबाउने अभिप्रायले खाँडो खोलामा बगाएकाले जनही ६ महिना कैद थपिएको हो ।

रोजगारीका लागि साउदी अरब पुगेका ३० वर्षीय सूर्यनारायण मण्डल ०७३ असोज १६ गते घर फर्किदा श्रीमती रानी र छोरी प्रमिलालाई घरमा फेला नपारेपछि खोजी गरेका थिए । उनले श्रीमती र छोरीको खोजी गर्न माग गर्दै प्रहरीमा उजूरी दिएका थिए ।

प्रहरीले रानी र उनका प्रेमी मालीलाई ०७३ असोज १२ गते काठमाडौंबाट पक्राउ गरेको थियो । तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालका अनुसार श्रीमान सूर्यनारायण साउदी अरबबाट घर फर्कने भएपछि रानीले प्रेमी मालीसँग सल्लाह गरी बालिकाको हत्या गरेकी हुन् ।

पक्राउ परेका आरोपितले सूर्यनारायणलाई फोन गरी घर फर्कदै गरेको बताएपछि बालिकाको हत्या गरी भागेर प्रेमविवाह गरेको स्वीकार स्वीकार गरेपछि उनीमाथि अनुसन्धान सुरु भएको थियो ।
जिल्ला अदालतको तत्कालीन न्यायाधीश राजेश काफ्लेको आदेशले रानी र माली ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

आरोपितले नै बालिकाको हत्या गरी खोलामा बगाएको तथ्य पुष्टि भएकाले दुबै आरोपितलाई जन्मकैदसहित थप ६ महिना कैद सजायको अन्तिम फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार बर्देवाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *