Sajhamanch Archive

हास्य कलाकारको भरमा नेपाली चलचित्र

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ।   नेपाली चलचित्र उद्योग हास्य कलाकारको भरमा टिकेको छ । हास्य कलाकारले निर्माण गरेको चलचित्र दर्शकले रुचाए पनि अहिले अरु चलचित्रहरु भने दर्शकको रोजाइमा पर्न सकेको छैन ।
‘छक्का पञ्जा–३’ पछि अहिले कुनै पनि चलचित्रले राम्रो आम्दानी गर्न सकेको छैन । कुल १७ करोड रुपियाँ कमाइ गरेर यस चलचित्रले आफूलाई बक्स अफिसको कलेक्सन अगाडि राख्न सफल भयो ।
चर्चित हास्य टेलिसिलियल ‘मेरी बास्सै’, ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’का कलाकारहरुको अभिनित चलचित्रले बक्स अफिसमा कारोबारको किर्तीमान कायम ग¥यो ।
निर्देशक दिपकराज गिरी भन्छन्, हास्य कलाकारको भरमा नै चलचित्र उद्योग चलेको भन्न मिल्दैन कमेडी जनरा चलचित्र दर्शकले रुचाउनुको साथै कथा बस्तु पनि राम्रो भएको कारण हुनु सक्छ ।’
हास्य कलाकारहरुको अभिनय र प्रस्तुतीले दर्शकलाई तानेको हुनसक्छ, उनले भने, कथा वस्तु राम्रो हुनुपर्छ दर्शकको मन तान्छ ।
छ वर्षअघि यही टीमले सफल फिल्म ‘६ एकान ६’ पनि निर्माण गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्मल शर्मा लगायतका कलाकार एकसाथ पर्दामा देखिएका थिए । त्यसपछिका ‘वडा नं। ६’, ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ पनि लगातार सफल फिल्महरु हुन् ।
हास्य कलाकार तथा निर्माता किरण केसीले कलाकारहरुको प्रस्तुती र मिहिनेतको कारण चलचित्र सफल हुने हो । बक्स अफिसका अरु चलचित्रले राम्रो गर्न नसक्नुको कारण प्रस्तुती मात्र भन्न मिल्दैन । अस्वस्थ प्रतिस्पर्धाका कारण चलचित्र जुध्ने भएकोले पनि दर्शकलाई कता जाउँ हुन सक्छ ।
‘सबैले चलचित्र निर्माणमा उत्तिकै मिहिनेत गरेको हुन्छ । अहिले दर्शकलाई हामी हास्य कलाकारहरुको अभिनयले तानेको छ’ उनले थपे, ‘हामीले दिने कथा वस्तु दर्शकको रोजाइमा परेको छ त्यसमा धन्यवाद दिन चाहन्छु । गोरखापत्र दैनिक बाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *