Sajhamanch Archive

फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पोखरा । प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा अनियंत्रित भई फेवातालमा खसेका रोमानियाका एक नागरिकको निधन भएको छ ब्लुस्काई प्याराग्लाइडिङ लेकसाईडबाट सोलो उडानका लागि अनुमति लिएर सराङ्कोटबाट उडेका ४२ वर्षीय ईड सिजरको मेट्रोसिटी हस्पिटलमा ल्याई पुर्याउदा निधन भएको हो ।

‘घाइतेलाई हस्पिटल ल्याउदा मुटुको चाल बन्द भैइसेकेको थियो’, डा. गोविन्द राज पाण्डेले भने । ११:१५ बजेको समयमा उडान अवतरण गर्ने क्रममा प्याराग्लाईडिङ खसेको थियो । प्रहरीको टोलिले लगत्तै उद्दार गरि हस्पिटल पुर्याएको भए पनि मृत घोषणा गरेको छ ।

शव पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विग्यान प्रतिष्ठान लैजाने वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *