पूर्व उपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने
Published:
by .काठमाण्डौ । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ ।
उनलाई नेपाल राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
पशुपति आर्यघाटमा झण्डा ओढाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल जाने निधो भए पनि प्रधानमन्त्री जाने या नजाने विषयमा टुंगो नलागेको पनि उनले बताए।
Comments