Sajhamanch Archive

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा लिने जर्मन सरकारको चाहना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ ।  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका महामहिम राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीले आइतबार भेट गरेको छ ।

भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए ।

भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए ।

उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्तिलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *