Sajhamanch Archive

कान्ति बाल अस्पतालमा तीन वर्षअघि नै म्याद सकिएको मेसिनबाट सिटी स्क्यान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ। वीर अस्पताल र ट्रमा सेन्टरमा करोडौँमा खरिद गरिएका उपकरण ताला लगाएर राखिएको छ । उता राजधानीकै कान्ति बाल अस्पतालमा म्याद गुज्रिएका उपकरणबाट बालबालिकाको उपचार भइरहेको छ ।

कान्तिमा सिटी स्क्यान मेसिन खरिद गरिएको आठ वर्ष भयो । यो मेसिनको म्याद पाँच वर्ष मात्र थियो । तर, म्याद गुज्रिएको तीन वर्ष हुँदा पनि अस्पतालले नयाँ मेसिन खरिद गर्न सकेको छैन ।

‘अस्पतालको बजेटले कर्मचारीलाई तलब खुवाउनसमेत मुस्किल छ, नयाँ उपकरण खरिद गर्ने हाम्रो आर्थिक हैसियत छैन,’ अस्पतालका निर्देशक डा। गणेश राईले नयाँ पत्रिकासँग भने ।

उपकरण खरिद गर्न अस्पतालले सरकारसँग पटकपटक तोकता गरेको छ । तर, अघिल्लो वर्षभन्दा बजेट झन् घटेको छ ।नयाँ पत्रिका दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *