Sajhamanch Archive

चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौँ । विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ ।

गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले बढेको हो ।

फोब्र्सलाई आधार मान्ने हो भने चौधरीको सम्पत्ति सन् २०१३ यता ७० अर्ब रुपैयाँ बढेको छ । सन् २०१३ मा पहिलोपटक फोब्र्सको सूचीमा पर्दा चौधरीको कूल सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो ।

२०१५ मा १ अर्ब ३० करोड अमेरिकी डलर पुगेको उनको सम्पत्ति अर्को वर्ष २० अर्बले घटेको फोब्र्सको तथ्याकं छ । त्यसयता चौधरीको सम्पत्ति प्रतिवर्ष २२ अर्ब रुपैयाँको दरले बढ्दो छ ।

६३ वर्षीय चौधरी सीजी कर्प ग्लोबल र चौधरी ग्रुप नेपालका मालिक हुन् । चौधरीको नबिल बैंकमा ठूलो लगानी रहे पनि खाना, विद्युतीय सामाग्री, बियर होटलमार्फत पनि उनले मनग्य आम्दानी हुने फोब्र्सले जनाएको छ ।कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *