Sajhamanch Archive

१०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरीले १०५ केजीसहित धादिङबाट तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाई राखेको १०५ किलो चरेशसहित धादिङको गजुरीबाट तीन जनालाई नियन्त्रणमा लिइएको धादिङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बस चालक लालबहादु शाह समेत छन्। अन्यमा अनिल चौधरी र श्रीराम साह रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई आइतबार बिहान ११ बजे पत्रकार सम्मेलन गरी थप जानकारी दिने प्रहरीले बताएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *