Sajhamanch Archive

बोइङ ७३७ म्याक्सलाई भारत सरकारद्धारा प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, विविधा by .

बोइङ ७३७ म्याक्सलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारको नगर विमान मन्त्रालयले भारतीय हवाइ क्षेत्रमा बोइङ ७३७ लाई प्रवेशमा प्रतिबन्ध लगाएको हो। नगर विमान मन्त्रालयले सामाजिक संजाल ट्विटरमा लेखेको छ, आज साँझ ४ बजेपछि भारतीय हवाइ क्षेत्रमा कुनै पनि बोइङ ७३७ म्याक्स विमानलाई प्रवेश गर्न अनुमती दिइने छैन। भारतमा यसअघि नै यात्रुको सुरक्षाको लागि भन्दै सबै बोइङ ७३७ म्याक्सको उडानमा प्रतिबन्ध लगाएको थियो। भारतले देत्रभित्र उडान भर्ने र बाहिरबाट भारतमा प्रवेश गर्ने बोइङ ७३७ विमानमा प्रतिबन्ध मात्रै लगाएको होइन कि भारतीय वायु क्षेत्र भएर अर्को देशमा जाने उक्त विमानलाई पनि प्रतिबन्ध लगाएको हो। इथियोपियन एयरलाइन्सको ७३७ विमान दुर्घटना भएको थियो। उक्त विमान दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो। त्यसपछि बेलायत, चीन, मलेसियालगायत दर्जनौं देशले उक्त विमानलाई प्रतिबन्ध लगाएका थिए।(एजेन्सी )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *