ज्ञान, सीप, संस्कार र प्रविधिमा आधारित शिक्षा
Published: (Updated: )
by .कमल । झापाको दमक स्थित सप्तश्री एकाडेमीले आज पत्रकार सम्मेलन मार्फत एकाडेमीले प्रदान गर्ने २१ औं सताब्दीको आवश्यकता ज्ञान, सीप , संस्कार, र प्रविधिमा आधारित शिक्षाका बारेमा जानकारी गराएको छ ।
एकाडेमीकामा शैक्षिकसत्र देखि एकाडेमीले २१ औं सताब्दीका आवश्यकता र चुनौतीलाई मध्यनजर गर्दै प्रदान गर्ने शिक्षा र सेवा सुविधा थप गतिविधिका बारेमा जानकारी गराएको एकाडेमीका अध्यक्ष अनिल सुवेले बताए ।
एकाडेमलीले समय सापेक्ष शिक्षाको गुणस्तर विकास गर्दै लैजाने र समयले चाहेको शिक्षा त्यसको चुनौतिलाई सम्बोधन गर्ने ज्ञान सीपमा प्रविधिमा आधारित वैज्ञानिक रुपमा शिक्षा प्रदान गर्ने एकाडेमीका पिन्सीफल दिपककुमार दंगालले बताए ।
विद्यार्थीहरुलाई विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म डे होस्टलकको व्यवस्था गरिएको एकाडेमीका कोडिनेटर कुमार खतिवाडाले जानकारी दिए । एकाडेमीले विद्यार्थीलाई आवत जावतका लागि बसको व्यवस्था र विभिन्न जातजातिका चाडपर्वका विषयमा समेत ज्ञान हासिल गराउने गरिएको छ ।
Comments