प्रदेश नं. २ को एसइईका सबै परीक्षा स्थगित
Published: (Updated: )
by .काठमाडौं । शिक्षा मन्त्रालयले ढाकेको अकास्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।
एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्तर्गतको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछिको पत्रकार सम्मेलनमा प्रश्नपत्र बाहिरल्याउने कार्य अपराधिक क्रियाकलाप भएको बताउँदै उक्त घटनामा आफ्नो गम्भी ध्यानाकर्षण भएको बताए।
उनले विद्यार्थीको मनोबल घटाउने काम नगरी प्रदेश सरकार, स्थानीय तह, शिक्षक, सुरक्षाकर्मीलगायत सबैलाई परीक्षाको वातावरण बनाउने आग्रह गरे। उनले प्रश्नपत्र बाहिर ल्याएर अनियमिता गर्नेलाई कारवाही गर्ने बताउँदै मन्त्रालयको विशेष आग्रहमा सिआइबीले घटनाको छानबिन गर्ने उल्लेख गरे। ‘प्रश्नपत्र बाहिर ल्यानेलाई कानुनको दायारमा ल्याइने छ। मन्त्रालयको विशेष आग्रहमा छानबिनका लागि सिआइबी पठाएको छ’, उनले भने। उनले तीनवटा सुरक्षा घेरामा जनकशिक्षा सामग्री केन्द्रमा छापिएका प्रश्नपत्र कसरी बाहिरिए भन्नेमा आफू अचम्मित परेको बताए।
‘तीनवटा सुरक्षा घेरभित्र जनकशिक्षा सामग्री केन्द्रको मुद्रण प्रेसमा छापिए र त्यहाँबाट विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा पठाइएको र त्यहाँबाट परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा प्रहरीको सुरक्षामा पठाइएको पेपर कसरी बाहियो भन्ने विषयमा गम्भीर भएका छौँ। यस्तो अपराध गर्नेलाई कानुनी कारबाही गर्छौँ’ उनले भने। उनले स्थगित भएको परीक्षा यसै महिनाभित्र सञ्चालन गरिने समेत बताए। प्रदेश सरकारले राजीनामा मागेको विषयमा मन्त्री पोखरेलले पहिले परीक्षाको काम सक्ने त्यसपछि मात्रै अरू कुरा गर्ने बताए।
Comments