Sajhamanch Archive

महाभारतको अनौठो प्रेमकथाः अर्कै पुरुषको प्रेममा थिइन् द्रौपदी

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा, by .

महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ ।

तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो रु महाभारतको कथाबारे जानकारहरुलाई सुन्दा अचम्म लाग्दा, द्रौपती अर्जुनसँग नभइ दानवीर भनेर चिनिने कर्णलाई प्रेम गर्थिन् । तर आफ्नो पिता द्रुपदको भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञा र मान–सम्मानका कारण द्रौपदी र कर्णले कहिले पनि एकअर्काको मनको कुरा भन्न पाएनन् ।

पांचाल देशका राजा द्रुपदकी छोरी भएका कारण द्रौपदीसँग जोडिएका थुप्रै कुराहरु थुप्रै राज्यमा फैलिएको थियो । द्रौपदीको सुन्दरता, बुद्धि र विवेकलाई देखेर धेरै राज्यका राजा उनीमाथि मोहित थिए ।
तर महारथी कर्णलाई द्रौपदीको निडर स्वभाव निकै राम्रो लाग्थ्यो । द्रौपदी आफ्ना साथीहरुसँग घुम्नका लागि आउने गर्दथिन् । द्रौपदीलाई देख्ने बित्तिकै कर्ण पनि उनीप्रति मोहित भए ।

जब द्रौपदीको स्वयंवरका लागि राजा द्रुपदले द्रौपदीको कक्षमा दासीमार्फत महान योद्धाहरुको चित्र पठाएका थिए, त्यसमा कर्णको पनि चित्र थियो । किनभने दुर्योधनका साथी भएका कारण सबैले कर्णलाई सम्मान गर्दथे र उनलाई पनि राजसी खानदान झैं मान्दथे ।

द्रौपदी कर्णको चित्र देखेर उनलाई मन पराउन लागिसकेकी थिइन् । जब स्वयंवरको दिन आयो, द्रौपदीको दृष्टि सबै राजा र पाण्डवमध्ये कर्णलाई खोजिरहेका थिए ।

द्रौपदीलाई उनका पिता राजा द्रुपदले भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञाको बारेमा पहिले नै बताइसकेका थिए । यसका साथै द्रौपदीलाई यो पनि थाहा भइसकेको थियो कि कर्ण एक सूतपुत्र हुन् र यदि उनको विवाह कर्णसँग भयो भने उनी जीवनभरी एक दासको पत्नीको रुपमा चिनिने छिन् । यसका साथै कर्णसँग विवाह गरेपछि आफ्नो पिताको प्रतिज्ञालाई पूरा गर्न उनले सहयोग गर्न पाउँदिनन् । यही दुविधामा रहेर द्रौपदीले आफ्नो मनको सट्टा दिमागको कुरा सुन्दै कर्णसँग विवाह गर्ने आफ्नो भित्रि इच्छालाई त्यागेकी थिइन् ।

आफूसँगै निराश भइसकेकी द्रौपदीले स्वयंवरमा एउटा कठोर निर्णय लिँदै कर्णलाई सूतपुत्र भनेर उनलाई अपमानित गरेकी थिइन् । द्रुपद पुत्रीले सभामा आफू एक सूतपुत्रसँग विवाह गर्न नसक्ने बताएकी थिइन् । यस प्रकारले कर्णलाई निकै आघात पर्यो कि द्रौपदीजस्ती निडर र क्रान्तिकारी सोच राख्ने महिला उनको जातको आधारमा यस्तो प्रकारको अपमान गर्न सक्छिन् ।

स्वयंवरमा द्रौपदीबाट अपमानित भएपछि कर्णको मनमा द्रौपदीका लागि घृणा र रिस भरिसकिएको थियो । जबकी द्रौपदी आफ्नो यो शब्दको सत्य जान्दथिन् । पाँच पाण्डवसँग विवाह भइसकेपछि पनि द्रौपदीले कहिले पनि कर्णलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् ।

जब पासाको खेलमा पाण्डव आफ्नो सबैकुरा हार्दै द्रौपदीलाई दाउमा राखेका थिए तब दुर्योधनले दुशासनलाई द्रौपदीको वस्त्र हरण गरेर आफ्नो काखमा राख्ने आदेश दिएका थिए । यतिबेला सबैजना खेलको नियम यस्तै भएको भन्दै मौन थिए जबकी द्रौपदीलाई सभामा उपस्थित कर्णको सहायताको आशा थियो । तर आत्मग्लानी भएका कारण द्रौपदीले कर्णसँग सहायता मागिनन् । उता कर्ण पनि स्वयंवरमा आफ्नो अपमानको प्रतिशोध लिनका लागि मौन थिए ।

जब असंख्य बाण लागेपछि भिष्म पितामहा मृत्युशैय्यामा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका थिए, त्यतिबेला महारथी कर्ण भिष्मलाई भेट्न गएका थिए । उनले भिष्मलाई द्रौपदीसँग आजीवन प्रेम गर्ने गरेको बताए । जब उनी आफ्नो प्रेम कहानीसँग जोडिएको विभिन्न घटनाहरु भिष्मलाई बताइरहेका थिए, त्यति बेला द्रौपदीले ती कुराहरु सुनिरहेकी थिइन् । त्यतिबेला द्रौपदीलाई पनि थाहा भयो कि उनले मात्र नभई कर्णले पनि आफूलाई धेरै माया गर्ने गरेको थाहा पाएकी थिइन् ।

भूमिबाट पाएको श्रापका कारण युद्धको समय कर्णको रथ भूमिमा भास्सियो । यसका साथै उनले मन्त्र पनि बिर्सिसकेका थिए । यसकारण उनले आफ्नो रक्षा गर्न सकेनन् र अर्जुनले पछाडिबाट प्रहार गर्दै कर्णलाई मृत्युको मुखमा पुर्याए । यसरी द्रौपदीका श्रीमान (अर्जुन)ले उनको प्रेमलाई सदाको लागि अन्त्य गरिदिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *